२० भाद्र, स्वच्छखबर, काठमाडौं । नेपाली युवा टोली साफ यु-१६ च्याम्पियनसिपबाट बाहिरिएको छ । बुधबार दिउँसो भएको खेलमा भारतसँग १-० गोलले पराजीत हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
भुटानको थिम्पुमा भएको खेलमा भारतलाई जीत दिलाउन एमडी अर्बाशले निर्णायक गोल गरे ।
यसअघि भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग १-० गोलले पराजीत भएको हो ।