अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीमाथि जापानको शानदार जीत

२४ भाद्र २०८०

२४ भाद्र, स्वच्छखबर, काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीमाथि जापानले शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा जापानले जर्मनीलाई ४-१ गोलले पराजीत गरेको हो ।

भएको खेलमा जापानलाई जीत दिलाउन जुन्या इटो, अयासे उएडा, टाकुमा एसानो र ओ टानाकाले समान एक-एक गोल गरे । जर्मनीको लागि लोरी सानेले एक गोल गरे । ११ औं मिनेटमा युकिनारीको पासमा इटोले गोल गर्दै जापानलाई शुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा विर्ट्जको पासमा सानेले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याए ।

२२ औं मिनेटमा इटोको पासमा उएडाले गोल गर्दै जापानलाई २-१ गोलको अग्रता दिलाए । ९० औं मिनेटमा कुबोको पासमा एसानोले गोल गर्दै जापानलाई सहज जीततर्फ अगाडि बढाएका थिए । इन्जुरी समयको दोस्रो मिनेटमा कुबोकै क्रसमा टानाकाले गोल गर्दै जापानलाई ४-१ गोलको जीत दिलाएका हुन् ।