“बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड- २०८०” सम्पन्न

२७ भाद्र २०८०

२७ भाद्र, स्वच्छखबर, काठमाडौं । स्वर्गीय कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौंको आयोजनामा ”बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८०” भब्यता पूर्वक सम्पन्न भएको छ ।

बुधबार तमु बौद्ध सेवा समाजको सभाहल अनामनगरमा प्रतिनिधि सभाकी उप सभामुख ईन्दिरा रानाको उपस्थितिमा तीज गीतसँग सम्बन्धीत बिधाका कलाकारहरुलाई अवार्ड वितरण गरिएको हो ।

कार्यक्रममा करिब एक दर्जन भन्दा बढी तीज गीतसंग सम्बन्धित महिला स्रष्टा,सर्जक अनि गायिकाहरुलाई सम्मानित गरिएको आयोजक समितीका अध्यक्ष चर्चित गायक, सर्जक हुम गैरेले जानकारी दिए ।