राजकीय सम्मानका साथ सुवास नेम्वाङको आज अन्त्येष्टि गरिने
२८ भाद्र २०८०
२८ भाद्र, स्वच्छखबर, काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज अन्त्येष्ठि गरिने भएको छ ।
सोमवार राति निधन भएको नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको अन्त्येष्ठि अघि शवयात्रा पनि निकालिने छ । बालुवाटारस्थित नेम्वाङको निवासबाट निकालिने शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बुधवार बालुवाटारस्थित उनकै निजी निवासमा लगिएको हो ।
सरकारले नेम्वाङको अन्त्येष्ठिका दिन आज सार्वजनिक विदा समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: