उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस
२९ भाद्र २०८०
२९ भाद्र, स्वच्छखबर, काठमाडौँ । न्यायपरिषद्ले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषद्को बैठकले २७ जनालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । लामो समयदेखि उच्च अदालतमा ३५ भन्दा बढी न्यायाधीश पद रिक्त थियो । उनीहरूलाई प्रधानन्यायाधीशले नियुक्ति गर्नेछन् ।
त्यसैगरी, बैठकले उच्च अदालतमा कार्यरत ३४ जना न्यायाधीशको सरुवा गरेको छ । बैठकले २६ जना जिल्ला न्यायाधीशको पनि सरुवा गरेको छ ।
Post Views: 12
प्रतिक्रिया दिनुहोस्: