तीनकुनेमा भएको हत्या घटना अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन

३० भाद्र २०८०

३० भाद्र, स्वच्छखबर, काठमाडौँ । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्र चार जनाको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले समिति गठन गरेका छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेको हो । एसएसपी सोमेन्द्र सिंह राठोरको संयोजकत्वमा प्रहरी नायव उपरीक्षकहरू क्रमशः काठमाडौं उपत्यका प्रहरी कार्यालयका सुवास खड्का, जिल्ला प्रहरी परिसरका हरि खतिवडा, महानगरीय अपराध महाशाखाका सुरक्षा केसी र बानेश्वर वृत्तका प्रहरी निरिक्षक वीरेन्द्र केसी रहको छानविन समितिमा गठन गरिएको हो ।

गएराति भएको घटनामा चार जनाको शव फेला पारेको थियो । सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ।