गोदावरीमा तीज विशेष बृहत सांस्कृतिक तथा साङ्गितिक कार्यक्रम हुँदै

३० भाद्र २०८०

३० भाद्र, स्वच्छखबर,ललितपुर । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा असोज १ गते गोदावरीमा शुभकामना आदन प्रदानका एवं तीज बिशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ को आयोजनामा आगामी असोज १ गते सोमबारका दिन गोदावरी बसपार्कमा तीजको अवसरमा शुभ कामना आदन प्रदानका साथै बृहत सास्कृतीक तथा साङ्गितिक कार्यक्रम हुने भएको हो ।

नेपाल कै चर्चित गायक धर्मेन्द्र सेवान र लोकप्रीय गायीका टिका प्रसाइको साङ्गितिक प्रस्तुतिमा रहने उक्त कार्यक्रममा महिला दिदि बहिनिहरु,आमा समुह , महिला समुह , विभिन्न क्लब , कोषका सम्पुर्णलाई गोदावरी बसपार्कमा उपस्थित हुन वडाध्यक्ष सानुराजा घिमिरेले अनुरोध गरेका छन् ।

नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा विशेष गरि महिला दिदिबहिनीको लागि कार्यक्रम आयोजना गरिएको उनी बताउँछन् । कार्यक्रमले गोदावरीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ ।