युईएफए च्याम्पियन्स लिग : समूह ‘ए’को रोमाञ्चक खेलमा बायर्न विजयी

४ आश्विन २०८०

४ असोज, स्वच्छखबर, काठमाडौं । युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको समूह ‘ए’को रोमाञ्चक खेलमा जर्मन क्लब बायर्न म्युनिख विजयी भएको छ । बुधबार राति भएको खेलमा बायर्नले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ४-३ गोलले पराजीत गरेको हो ।

एल्लिनाज एरिनामा  भएको खेलमा बायर्नलाई जीत दिलाउन लोरी साने, सेर्जे ग्नाब्री, ह्यारी केन र माथ्यस टेलले समान एक-एक गोल गरे । युनाइटेडको लागि कासेमिरोले दुई गोल गर्दा रास्मुस होज्लुन्डले एक गोल थपे । खेलको २८ औं मिनेटमा केनको पासमा सानेले गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए ।

३२ औं मिनेटमा मुसियालाको पासमा ग्नाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । ४९ औं मिनेटमा रासफोर्डको पासमा होज्लुन्डले गोल गर्दै पाहुना टोलीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ५४ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै बायर्नलाई ३-१ गोलको अग्रता दिलाए । ८८ औं मिनेटमा मार्सियलको पासमा केसेमिरोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर इन्जुरी समयको दोस्रो मिनेटमा किम्मिचको पासमा टेलले गोल गर्दै घरेलु टोलीलाई ४-२ गोलको अग्रता दिलाए । यस्तै इन्जुरी समयको पाँचौ मिनेटमा फर्नान्डेजको क्रसमा केसेमिरोले हेडर गोल गरेपनि युनाइटेडको हार टार्न पर्याप्त रहेन । यससँगै बायर्न ४-३ गोलले विजयी भएको हो ।

जीतसँगै बयार्नले एक अंक जोडेको छ । अंकविहिन युनाइटेड तालिकाको पुछारमा छ ।