नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

६ आश्विन २०८०

५ असोज, स्वच्छखबर,काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस सचिवमा निर्वाचित भएका हुन् ।

कुल ८४ मत खसेकोमा ७५ मत गन्दा पारसले ४३ मत ल्याएका छन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।