चीनमा भव्य समारोहकाबीच १९ औँ एशियाली खेलकुदको उद्घाटन

७ आश्विन २०८०

७ असोज, स्वच्छखबर, काठमाडौँ । १९ औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा शनिबार साँझ भव्य समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरेका छन् ।

उद्घटन समारोहमा चीनले विश्वलाई नै चकित पार्नेगरी विभिन्न प्रविधि र गतिविधि तथा कला संस्कृति देखाएको छ । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् । केही खेलहरु यस अघि नै शुरु भइसकेका भए पनि औपचारिक उद्घाटन शनिबार भएको हो । प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् ।

विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ जना पुरुष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।