१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित

८ आश्विन २०८०, सोमबार २१:०३

८ असोज, स्वच्छखबर, काठमाडौं । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत भएको महिला फूटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार बेलुकी भएको खेलमा जापानसँग ८-० गोलले पराजित  हुँदै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘डी’ अन्तर्गत भएको खेलमा हाबी बनेको जापानले पहिलो हाफमा पाँच र दोस्रो हाफमा ३ गोल गर्दै जीत निकालेको हो । यसअघि भएको पहिलो खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजीत भएको थियो ।

जीतसँगै चीन र भियतनामले समान ६-६ अंक जोडेको छन् । आजै भएको समूहको अर्को खेलमा भियतनामले बंगलादेशलाई ६-१ गोलले पराजीत गरेको हो । अब नेपालले अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.