वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

१० आश्विन २०८०, बुधबार ०९:३७

१० असोज, स्वच्छखबर, बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने एक सय ५० जनाभन्दा बढी घाइते भएका छन् ।

इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ आगलागी भएको हो । आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन, तर प्रारम्भिक रिपोर्टहरूले आतिशबाजी गरेपछि आगलागी भएको बताइएको छ ।

इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्बिरले दर्जनौं अग्निनियन्त्रकहरू आगो निभाइरहेको देखाएको छ, र स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा राखेका तस्विरहरूले कार्यक्रम हल जलेको अवशेषहरू देखाउँछन् ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.