लायन्स क्लब अफ काठमाडौं फेलाेसिपद्वारा श्री भिमसेन आधारभूत विद्यालयमा शैक्षिक सामाग्री सहयाेग

१३ आश्विन २०८०

१३ असाेज, स्वच्छखबर, सिन्धुपाल्चोक । लायन्स क्लब अफ काठमाडौं फेलाेसिपले ईन्द्रावतिमा शैक्षिक सामाग्री वितरण गरेकाे छ ।

शुक्रबार सिन्धुपाल्चोककाे इन्द्रावती गाउँपालिका- ४ नवलपुर मुलेस्थित श्री भिमसेन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई गाउँपालिका उप-प्रमुख सोभना तामाङको उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरिएको ।
विद्यार्थीहरूलाई किताब, झाेला र अन्य शैक्षिक सामाग्री वितरण गरिएको समाजसेवी तथा लायन्स क्लब अफ काठमाडौं फेलाेसिपका प्रेसिडेन्ट राजेश हिमालयले जानकारी दिए ।

Lions Club of Green city,Lions Club of Dewalaya र Sindhu Books and Sports काे support रहेका उक्त
कार्यक्रममा Lions club of ktm fellowship,Lions club of Dewalaya ,Lions Club of Green city,Area Cordinator गणेश आचार्य, Greencity ka president  राजेन्द्र भट्ट, सुशिला श्रेष्ठ, गणेश बहादुर राणा, युवराज गिरी, चण्डीका श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।