पाकिस्तानलाई हराउँदै भारत साफ यु-१९ च्याम्पियन

१३ आश्विन २०८०, शनिबार २०:२५

१३, असाेज, स्वच्छखबर, काठमाडौं । भारतले साफ यु-१९ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा पाकिस्तानलाई ३-० ले पराजित गर्दै भारतले तेस्रोपटक उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको  पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा तीन गोल गर्दै भारत च्याम्पियन भएको हो ।

यसअघि भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो । यो उपाधिसँगै लगातार तेस्रो पटक च्याम्पियन बन्दै भारतले उपाधिमा ह्याट्रिक गरेको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.