सर्वोच्चमा न्यायाधीशको सेवा अवधि सात वर्ष कायम गर्न बारको माग

१३ आश्विन २०८०

१३, असाेज, स्वच्छखबर, काठमाडौं ।नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशको सेवा अवधि सात वर्षमात्रै हुने व्यवस्था गर्न माग गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभाले लामो अवधिका लागि सर्वोच्चमा न्यायाधीश नियुक्त गर्दा न्याय सम्पादनमै असर परेको ठहर गर्दै सेवा अवधि सात वर्ष कायम गर्न माग गरेको हो ।

त्यस्तै, सबै तहका अदालतहरूमा रिक्त न्यायाधीशहरूको नियुक्ति गर्न न्याय परिषद्को ध्यानाकर्षण गर्ने निर्णय पनि गरेको छ । न्यायाधीश नियुक्ति गर्दा संविधान र कानुनको मर्म र भावना अनुरुप योग्य र सक्षम न्यायाधीशहरु नियुक्त गर्न परिषद्को ध्यानाकर्षण गराउने निर्णय भएको बारले जनाएको छ ।