निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

१४ आश्विन २०८०

१४, असोज, स्वच्छखबर,काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन भएपछि आइतबार राति १२ बजेदेखि लागु हुने गरी वृद्धि गरिएको मूल्य घटाइएको निगमले जनाएको छ । निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर ६, मट्टितेलमा प्रतिलिटर दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर आठ रुपैयाँ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर दुई सय १५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।