प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचका अध्यक्ष रावल,पूर्व अध्यक्ष गेलाल सहितको टिम युरोप प्रस्थान

१४ आश्विन २०८०

१४, असोज, स्वच्छखबर,काठमाडौँ । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचका अध्यक्ष जनक रावल युरोप भ्रमणका लागि प्रस्थान गरेका छन् ।

आईतबार मंचका अध्यक्ष रावलको नेतृत्वमा पूर्व अध्यक्ष नरेश गेलाल सहितको टिम युरोपका विभिन्न देशहरू भ्रमणका लागि प्रस्थान गरेका हुन् । उनीहरुको व्यवसायीक प्रबर्द्धन, वैदेशिक रोजगारको गन्तव्य अध्ययन र वैदेशिक रोजगार सम्बन्धी कार्यक्रम तय भएको छ।