यतिबेला सबै चिजको मूल्य बढ्यो, तर सरकारको भरोसा र लोकप्रियता घट्योः सांसद पौडेल

१८ आश्विन २०८०

१८, असोज, स्वच्छखबर, काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजारमा उपभोग्य वस्तुको मूल्य बढेको तर सरकारको लोकप्रियता घटेको बताएका हन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा पौडेलले बजारमा मूल्यवृद्धि बढेको तर सरकारको लोकप्रियता घटेको बताएका हुन् ।

उनले कालोबजारीलाई गर्ने र कृत्रिम अभाव गर्नेलाई कारबाही गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘एक त देश आर्थिक मन्दीले थलिएको छ। ३५ प्रतिशत सटर बन्द भएको तथ्याङ्क सार्वजनिक भएको छ। यति नै बेला उपभोक्तालाई मार पर्ने गरी बजारमा मूल्यवृद्धि भइरहेको छ। १९ सयमा पाइने बोराको मूल्य ३ हजार पर्छ। यतिबेला सबै चिजको मूल्य बढेको छ। सरकारप्रतिको भरोसा र लोकप्रियता मात्र नबढेको स्थिति हो।’