साढे चार करोड ठगीको आरोपमा देउराली बचतका अध्यक्ष चौलागाईं पक्राउ

१८ आश्विन २०८०, बिहीबार १६:०१

१८, असोज, स्वच्छखबर, काठमाडौँ । सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईं पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारीका अध्यक्ष चौलागाईंलाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार चौलागाईंले निक्षेपकर्ताहरूको रकम हिनामिना गरेको उजुरी परेपछि पक्राउ गरेको जानकारी दिए ।

प्रहरीकाअनुसार चौलागाईंले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् । उनले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.