इंग्लिस प्रिमियर लिगमा सिटीमाथि आर्सनलको जीत

२२ आश्विन २०८०

२२ असोज, स्वच्छखबर,काठमाडौं ।   इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर सिटीलाई पराजीत गरेको छ । आइतबार राति भएको खेलमा आर्सनलले सिटीलाई १-० गोलले पराजीत गरेको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जीत दिलाउन गाब्रियल मार्टिनेलीले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८६ औं मिनेटमा हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जीत दिलाएका हुन् ।

जीतसँगै आर्सनल ८ खेलबाट २० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १८ अंक जोडेको सिटी तेस्रो स्थानमा झरेको छ ।