सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउँछः डा. शेखर कोइराला
२८ आश्विन २०८०
२८ असोज, स्वच्छखबर, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सेनामा गरिने राजनीतिक चलखेल स्वीकार्य नहुने बताएका छन् । आइतबार सामाजिक संजालमार्फत कोइरालाले माओवादीका पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् ।
उनले भनेका छन्, ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस् ।’
माओवादी सेनाबाट समायोजन भएर गएकामध्ये सहायक रथी यमबहादुर अधिकारीको चार वर्षे पदावधि सकिएपछि सरकारले तीन वर्ष थप्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयको अरु दलले पनि विरोध गरेका छन् ।
Post Views: 19
प्रतिक्रिया दिनुहोस्: