पेट्रोलमा प्रतिलिटर ११ र डिजेलको ५ रुपैयाँ मूल्य घटाउने निगमको निर्णय

२८ आश्विन २०८०

२८ असोज, स्वच्छखबर, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।

त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।