कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त,पक्षमा ८६ मत र विपक्षमा जम्मा ५ मत

१ कार्तिक २०८०

१ कार्तिक स्वच्छखबर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।

कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका छन् । प्रदेशसभा बैठकमा उपस्थित ९१ सदस्यमध्ये ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका थिए भने राप्रपाका ५ सांसदले भने विपक्षमा मत दिएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ । एमालेका ३९ र कांग्रेस नेता डा. शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा गत शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।