जिप दुर्घटनामा परी रोल्पामा हुँदा १७ जनाको मृत्यु
१७ बैशाख २०८३
काठमाडौँ । रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बिहीबार रोल्पाको थवाङ गाउँपालिका –१ जलजलामा रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट अन्दाजी आठ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी हालसम्म घटनास्थलमा १७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले उद्दार कार्य जारी रहेको जानकारी दिएको छ ।जिप दुर्घटनामा परी रोल्पामा हुँदा १७ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्: