राष्ट्रपतिले सर्वसाधारणलाई दसैंको टीका लगाइदिने
२ कार्तिक २०८०

२ कार्तिक स्वच्छखबर, काठमाडौं । विजया दशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तिहरुलाई अपराह्न २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ देखि ५ बजेसम्म शीतल निवासमा टीका लगाइने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: