जहाज खरिदका लागि निगमद्वारा बोलपत्र आह्वान

५ कार्तिक २०८०

५ कार्तिक स्वच्छखबर,काठमाडौँ  ।  नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उडान भर्न तीनवटा नयाँ जहाज खरिद गर्ने भएको छ । त्यसका लागि निगमले बोलपत्र आह्वान गरेको छ । आइतबार प्रकाशित गरिएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म तोकिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिने गरी जहाज खरिद प्रक्रिया अघि बढाएको जानकारी दिए । हाल निगमसँग आन्तरिक उडानमा दुई वटा ट्वीनअटर मात्र छन् ।