प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी
८ कार्तिक २०८०
७ कार्तिक स्वच्छखबर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । बुधबार पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका हुन् ।
सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । जनवादी गणतन्त्र चीनका भ्रमणमा रहेका बेला यही कात्तिक १ गते उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो ।
उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर बुधबार स्वदेश फर्किएका हुन् ।
Post Views: 16
प्रतिक्रिया दिनुहोस्: