चीनका पूर्वप्रधानमन्त्री ली को निधन

१० कार्तिक २०८०

१० कार्तिक स्वच्छखबर, बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री ली खछ्याङको शुक्रबार साङ्घाईमा निधन भएको छ ।

उनको हृदयघातबाट निधन भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् । उनी ६८ वर्षका थिए । राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आएका थिए ।

ली चीनको आर्थिक विकासका एक दूरदर्शी नेता मानिन्थे। दुई कार्यकाल गरी १० वर्ष प्रधानमन्त्री रहँदा लीले निजी क्षेत्रको अर्थतन्त्र प्रवद्र्धन र विदेशी लगानी भित्राउन महत्वपूर्ण भूमिका खेलेका थिए ।