राष्ट्रसंघ महासभाबाट इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित, नेपालद्वारा पक्षमा मतदान

११ कार्तिक २०८०

११ कार्तिक स्वच्छखबर, काठमाडौँ ।  संयुक्त राष्ट्रसंघले इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । राष्ट्रसंघीय महासभाको विशेष सत्रमा जोर्डनले ल्याएको युद्धविरामसम्बन्धी प्रस्ताव नेपाल पक्षमा उभिएको छ ।

नेपालसहित विश्वका १२० राष्ट्र इजरायल–हमासबीच युद्ध तत्काल अन्त्य गरी युद्धविरामको पक्षमा उभिएका हुन् । जोर्डनको प्रस्तावको विपक्षमा अमेरिका, इजरायल, अष्ट्रिया, हंगेरीलगायत १४ देशले मतदान गरेका छन् ।

भारतसहित ४५ देश तटस्थ बसेका छन् । बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले बन्धकहरूलाई फिर्ता नगरेसम्म अपरेशन नरोकिने बताए । उनले भने, ‘हमासलाई ध्वस्त पार्ने एक मात्र उपाय भनेको उनीहरूको सुरुङ र आतंकको भूमिगत सहरबाट जरैदेखि बाहिर निकाल्नु हो।’