कोशी प्रदेशमा सत्ता गठबन्धनका उप्रेती र जवेगु मन्त्री नियुक्त

१७ कार्तिक २०८०

१७ कार्तिक स्वच्छखबर, विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार मुख्यमन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरूलाई शुक्रबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन् । एमालेको विरोधका बाबजुद कार्कीले मन्त्री नियुक्त गरेका हुन् । एमालेले आफू र कांग्रेसका संसदलाई मात्रै मन्त्री बनाउनु पर्ने बताउँदै आएको थियो ।

उसले कांग्रेसबाहेकका अन्य दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । कोशी सरकारमा एमालेका राम राना मन्त्री छन् ।