चीनले नेपालका भूकम्प पीडितलाई १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने

१८ कार्तिक २०८०

१८ कार्तिक स्वच्छखबर,काठमाडौँ ।  चीनले पश्चिम नेपालका भूकम्प प्रभावितका १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले एकसय मिलियन सहयोग गर्ने जानकारी दिएका हुन् ।

राजदूत सङले साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सहयोग गर्न लागिएकोे बताएका छन् । राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटलगायत सामग्रीहरू रहेका छन् । ती सामग्री केही दिनमा नेपाल आइपुग्ने र थप राहत घोषणा गरिने बताएका छन् ।