माओवादीले भूकम्पपीडितका लागि सरकारलाई बुझायो ५० लाख रुपैयाँको चेक

२१ कार्तिक २०८०, मंगलवार १६:५७

२१ कार्तिक स्वच्छखबर,काठमाडौँ । नेकपा माओवादी केन्द्रले भूकम्पपीडितको राहतका लागि रकम प्रदान गरेको छ । मंगलबार उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ५० लाखको चेक हस्तान्तरण गरेको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि आजै नेपाली कांग्रेसले ५० लाख र नेकपा एकीकृत समाजवादीले २५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.