सरकार गठन भएको एक महिना नपुग्दै गयो २ मन्त्रीको पद

९ बैशाख २०८३

काठमाडौँ । सरकार गठन भएको एक महिना नपुग्दै दुई मन्त्री पद छाड्न बाध्य भएका छन् । यसअघि आफ्नी श्रीमतीलाई बीमा बोर्डको सदस्यमा सहभागी गराउने भूमिका खलेको भन्दै विवादमा परेपछि श्रममन्त्री दीपककुमार साह दुई सातामै हटाइएका थिए भने गृहमन्त्री सुदन गुरुङ गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै बाहिरिएका छन् ।

विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन् । गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । उनले राजीनामा दिनुपर्ने चौतर्फी आवाज उठेपछि बाध्य भएर बुधबार राजीनामा दिएका हुन् ।

सम्पत्ति विवरण सार्वजनिक भएपछि पनि धेरै सम्पत्ति देखिएपछि उनको आलोचना भइरहेको थियो । तर विवादित व्यापारी भट्टसँगको व्यापारिक सेयरको विषय बाहिर आएपछि भने उनी पद छाड्न बाध्य भएका हुन् ।