युएईएफए च्याम्पियन्स लिगमा आर्सनल विजयी, युनाइटेड पराजित

२३ कार्तिक २०८०

२३ कार्तिक स्वच्छखबर,काठमाडौँ । युएईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लबद्वय आर्सनल विजयी हुँदा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । बुधबार राति भएको खेलमा आर्सनलले सेभिल्लालाई २-० गोलले हराएको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन बुकायो साका र लिएनार्दो ट्रोसार्डले समान एक-एक गोल गरे ।

जितसँगै आर्सनल ४ खेलबाट ९ अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको सेभिल्ला चौथो स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड एफसी कोबेन्हाभनसँग ४-३ गोलसँग पराजित भएको हो । कोबेन्हाभनलाई जित दिलाउन मोहमद एलयोउनोउस्सी, ड्लोगो गोन्काल्भेस, लुकास लेरागेर र रोनी बार्द्घ्जीले समान एक-एक गोल गरे । युनाइटेडको लागि रास्मुस होज्लुन्डले दुई र ब्रुनो फर्नान्डेजले एक गोल गरे ।

जितसँगै कोबेन्हाभन ४ खेलबाट ४ अंक जोड्दै समूह ‘ए’को दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको युनाइटेड चौथो स्थानमा रहेको छ ।