आगलागीबाट २५ जनाको मृत्यु,दर्जनौँ घाइते

३० कार्तिक २०८०

३० कार्तिक स्वच्छखबर, साङ्सी  । उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइतेलाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको सिसिटिभीले जनाएको छ ।

यसअघि सिसिटिभीले ६३ जनालाई उक्त भवनबाट बाहिर निकालिएको र तीमध्ये ५१ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको थियो ।