राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास क्षेत्रमा पनि निषेधाज्ञा

६ मंसिर २०८०

६ मंसिर स्वच्छखबर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ ।

मंगलबार राति सूचना जारी गरी कार्यालयले शीतलनिवास र बालुवाटार क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार, तोकिएको निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन । यसअघि सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।