राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाऔँ अभियानको प्रदर्शन,भोलिदेखि तीनकुनेमा प्रदर्शन गरिने

७ मंसिर २०८०, बिहीबार १७:०७

७ मंसिर स्वच्छखबर, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान, नेपालले आज काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गरेको छ ।

बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । प्रदर्शनकारी तोकिएको घेरा तोडेर निषेधित क्षेत्रतर्फ जान खोज्दा झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीलगायतको सहभागिता थियो ।

शुक्रवारबाट उनीहरुले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रवारबाट युवा विद्यार्थीले बिहीबार प्रदर्शन गरेको स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.