गायक प्रकाश वाईबाको ‘ब्रेल्साङ लाई म्हान्जी’ सार्वजनिक

१० मंसिर २०८०

१० मंसिर स्वच्छखबर, काठमाडौं । गायक प्रकाश वाईबा तामाङको तामाङ सेलो गीत ब्रेल्साङ लाई म्हान्जी सार्वजनिक भएको छ ।

शनिबार जोरपाटी स्थित द स्हेनोर हाउसमा एक पत्रकार सम्मेलनगरी बाग्मती प्रदेश सभा सदस्य क्षेत्र बहादुर बम्जन,हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रका अध्यक्ष लामा गुरु कोशिस लोब्साङ वाईबा,वाईबा समाजका अध्यक्ष विगेन्द्र वाईबा र निर्माता तथा गायक प्रकाश वाईबा तामाङ लगायतले संयुक्त रुपमा उक्त गीतको अफिसियल भिडियो सार्वजनिक गरेका हुन् ।  तामाङ गीत संगीतको क्षेत्रमा विदेशमा रहेर पनि अत्यन्त चासो लिएर अघि बढिरहेका गीतकार प्रज्वल दोङको शब्द रचना रहेको गीतमा प्रयास तामाङको संगीत रहेको छ भने अडियो मिक्सिङ तथा एरेन्ज गायक तथा संगीतकार सानुबाबु घिसिङले गरेका हुन् ।

गीतमा सुमधुर आवाज भने चर्चित गायीका जितु लोप्चनको साथमा प्रकाश वाईबा तामाङले दिएका हुन् । उक्त गीतको अडियो रेकर्ड फ्याफुल्ला रेकर्डिङमा गरेको हो । गीतको भिडियो तामाङ सुपर स्टार डम्फु मिडियाको अफिसियल युट्युव च्यानल Damphu Media PVT. बाट सार्बजनिक गरिएको हो ।

ब्रेल्साङ लाई म्हान्जीको भिडियो तर्फ भने तामाङ चलचित्रका महानायक अमिर दोङले निर्देशन गरेका छन्। त्यसैगरी भिडियोमा नृत्य निर्देन कृष्ण ब्लोनले गरेका हुन् । भिडियोको मुख्य भुमिकामा भने अमिर दोङ, याङ्गी दोङ, सञ्जीव गोले र जमुना वाईबा रहेको छ । थप भुमिकामा हांस्य कलाकार कुईसाङ रुम्बा, पदम दोङ र विशाल थिङको समेत अभिनय हेर्न सकिनेछ ।

कार्यक्रममा तामाङ डाजाङका अध्यक्ष फुल कुमार बम्जन तामाङ, गायक तथा संगीतकार बैरगी मोक्तान, तामाङ पत्रकार संघ बागमती प्रदेशकी सदस्य मायालु लामा, तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष सुदिन दोङ लगायत अन्य थुप्रै कलाकार, पत्रकार तथा व्यवसायीहरुको उपस्थििति रहेको थियो।