क्यानडाको राजदूतमा पौड्यालको नाम सर्वसम्मत अनुमोदन

१० मंसिर २०८०

१० मंसिर स्वच्छखबर, काठमाडौं ।  संसदीय सुनुवाइ विषेश समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

पौड्यालमाथि परराष्ट्र सचिव हुँदा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्नै छोरीलाई स्वीट्जरल्याण्ड पठाएकोलगायतका विषयमा उजुरी परेको थियो ।

तर पौड्यालले समितिमा आफूले पदको दुरुपयोग गरेर कुनै काम नगरेको बताएका थिए । अब राष्ट्रपतिले उनलाई राजदूत नियुक्त गर्नेछन् ।परराष्ट्र सचिव रहेका पौड्यालको कार्यकाल यही मंसिर २० गते सकिँदैछ ।