एसीसी यु-१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली टोली घोषणा

१२ मंसिर २०८०

१२ मंसिर स्वच्छखबर, काठमाडौं । एसीसी-१९ वर्षमुनिको एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । देव खनालको कप्तानी टोली घोषण गरिएको हो ।

टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक बोहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् । १९ वर्षमुनिको एसिया कप डिसेम्बर ८ देखि डिसेम्बर १७ सम्म यूएईमा हुँदैछ ।

नेपाल समूह ‘ए’ मा परेको छ । यो समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ ।