गोदावरी सरोकारद्वारा झरूवारासीमा लैङ्गिक हिंसाविरुद्ध सचेतनामुलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

१४ मंसिर २०८०

१४ मंसीर स्वच्छखबर,  ललितपुर । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिततास् महिला बालबालिकामा लगानीको ऐक्बद्धता’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान गत मंगलबारदेखि सुरु भईसकेको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिन्छ ।

यसैबीच, जिल्लाको गोदावरी नगरपालिकाले सबै वडा र विभिन्न संघ संस्थाहरुसंग समन्वय गरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ । बिहिबार वडा नम्बर १३ झरूवारासीस्थित वडा कार्यलयमा गोदावरी सरोकार र वडा कार्यलयको आयोजनामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रमका साथै सरोकारवाला निकायसँग अन्तर्कृया कार्यक्रम सम्पन्न गरिएको छ ।

वडाध्यक्ष भास्कर थापाको अध्यक्षता रहेको कार्यक्रममा गोदावरी नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख नानिमैया कार्की, वडा सदस्य कमल बहादुर के.सी,, प्रहरी वृत्त चापागाउँ, प्रहरी वृत्त सातदोबाटो,प्रहरी प्रभाग बाँडेगाउँकी प्रहरी सहायक निरिक्षक अम्बिका बस्नेत, वडा स्वास्थ स्वयंसेविका, विभिन्न संघ संस्थाका सरोकारवाला महिला दिदिबहिनीबिच लैङ्गिक हिंसा सम्बन्धि अन्तर्कृया गरि कार्यक्रम सम्पन्न गरिएको वडा सदस्य मुना के.सीले जानकारी दिईन् ।

नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख नानिमैया कार्कीले लैङ्गिक हिंसाको सुरुवात कसरी भयो भन्नेबारे जानकारी दिदैं महिलामाथी कुनै प्रकारको हिंसा भएमा समयमै सम्बन्धित निकायमा गएर उजुरी दिने सक्ने बताईन् । यस्तै, गोदावरी सरोकारकी अध्यक्ष एवं कार्यक्रम संचालिका बेबी राजभण्डारीले सात वटै प्रदेशमा भएको हिंसाका प्रकारका साथै गत वर्षभन्दा यस वर्ष के कति वृद्धि भए जानकारी दिदैं महिला हिंसा न्युनिकरणका लागि स्थानिय सरकारको भुमिकाको बारेमा प्रष्ट्याईन् । महिला विरुद्धको लैङ्गिक हिंसा जुनसुकै बेलामा हुनसक्ने र विशेषत विपद्को बेलामा र विपद् पश्चात वढ्र्ने देखिएकोले महिला विरुद्धको लैङ्गिक हिंसा कम गर्नको लागि चालिने कदमहरु छुट्टै कार्यक्रम रुपमा मात्र नभईकन सबै विषयगत क्षेत्र तथा कार्यक्रमहरुमा मूलप्रवाहीकरण गर्न जरुरी रहेको उनी बताउँछिन् । १६ दिनको अभियानले हिंसा रोक्न प्रभावकारी भूमिका खेल्ने भन्दै हिंसामा पर्नेले खुलेर हिंसा विरुद्ध लड्न सकेमा लैंगिक हिंसामा कमी आउने अध्यक्ष राजभण्डारीको बुझाई छ ।

यस्ते, प्रहरी वृत्त चापागाउँकी प्रहरी नायब निरीक्षक कल्पना राईले वर्षभरीमा वडा नम्बर १३ बाट के कस्ता र कती महिला हिंसाका उजुरी परेको तथ्यांक बताएकी दिईन् भने प्रहरी वृत्त सातदोबाटोकी प्रहरी नायब निरीक्षक सरिता भण्डारीले घरेलु हिंसाका बारेमा जानकारी दिइृन् । आफ्नो वडामा भएका महिला हिंसा न्युनिकरणका लागि वडाले चालेका कदमहरुबारे प्रष्ट पार्दै वडाध्यक्ष थापाले महिला माथि हुने हिंसा रोक्नका लागि महिलाहरुलाई नै सशक्तिकरण गर्नुपर्ने बताए ।

सामाजिक संरचनाका कारणले महिला माथि हिंसा भइरहेकाले यसको अन्त्यका लागि पुरुष पनि उत्तिकै जिम्मेबार हुनुपर्ने वडाध्यक्ष थापाको भनाई छ । कार्यक्रममा, विभिन्न विद्यालयका शिशिकाहरु, सहकारी महिला समुहका प्रतिनिधि, समाजसेवी, गोदावरी सरोकारका सदस्य नारायणी पाण्डे र द्रौपदी श्रेष्ठ लगायको उपस्थिति रहेको थियो । १६ दिनसम्म चल्ने यस अभियान अन्तरगत लैङ्गिक हिंसा निवारण र महिला सशक्तिकरण सम्बन्धी विशेष कार्यक्रमहरु संचालनमा ल्याइने गोदावरी सरोकारले जनाएको छ ।

विश्वभर नोभेम्बर २५ तारिखलाई महिलामाथी हुने हिंसा बिरुद्ध अन्तराष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ । नेपालमा यो अभियान बि.स २०५४ सालदेखी मनाउन थालिएको हो ।