एमाले नेता टोपबहादुर रायमाझीलाई थुनामै राख्न अदालतको आदेश

१५ मंसिर २०८०

१५ मंसीर स्वच्छखबर, काठमाडौं । उच्च अदालत पाटनले नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतलाई थुनामै राख्ने आदेश सदर गरेको छ ।

उनीहरुले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो । अदालतले आङ्टावा शेर्पा, केशव दुलाललाई पनि थुनामै राख्न आदेश दिएको छ ।

उनीहरुले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेशबिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।