विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा,आठ राष्ट्र सहभागी हुने
१५ मंसिर २०८०
१५ मंसीर स्वच्छखबर, काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ ।
नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार यस संस्करणको खेलमा विभिन्न आठ राष्ट्र सहभागी हुनेछन् । जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्यान्ड, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स युएई, ओमान र अमेरिका छन् ।
लिग सन् २०२७ सम्म सञ्चालन हुनेछ । यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको अघिल्लो संस्करणको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।
Post Views: 8
प्रतिक्रिया दिनुहोस्: