एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको सांसद सिंहको दाबी,छानबिन गर्न माग

१७ मंसिर २०८०, आईतवार २१:४२

१७ मंसीर स्वच्छखबर, काठमाडौं । सांसद डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरे । “जुन कम्पनीको वार्षिक ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी  साढे छ अर्बमा कसरी बिक्री हुन्छ ? यो पत्याउन सकिन्न”, सांसद सिंहले भने ।

सन् २०१६ मा तत्कालिन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर  एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात  एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात् साढे छ अर्बमा बिक्री गरिएकोप्रति उाले शंका व्यक्त गरे ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.