नवराज विक हत्या प्रकरणः २३ जनालाई जन्मकैदको फैसला

१९ मंसिर २०८०

१९ मंसीर स्वच्छखबर,रुकुम पश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई अदालतले दोषी ठहर गरेको छ ।

मंगलबार जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका छन् ।