देशको अर्थतन्त्रमाथि हमला भएको छ : अध्यक्ष ओली

२० मंसिर २०८०

२० मंसीर स्वच्छखबर, रुकुमपूर्व । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रमाथि हमला भएको बताएका छन् । ‘झुलाघाट बैतडी चिवा भञ्ज्याङ पाँचथर समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा बुधबार रुकुमपूर्व पुगेका अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण अर्थतन्त्र डामाडोलको अवस्थामा पुगेको आरोप लगाएका हुन् ।

देश अहिले ऋणको भरमा चलिरहेको भन्दै अध्यक्ष ओलीले देशभित्रका दलाल पुजीवादी र देश बाहिरका तत्वहरुले अस्थिर बनाउन खोजिरहेको आरोप लगाए ।

उनले देशको अस्थिर राजनीति र अराजकताले जनताको दैनिकी कष्टकर भइरहेको बताए । उनले वर्तमान गठबन्धन सरकारले विकास निर्माण र राजस्व उठाउन नसकेको बताए ।