विमानस्थलबाट बरामद १४ किलो सुन प्रकरणमा भन्सारका सरसफाइ सुपरभाइजर पक्राउ

२८ मंसिर २०८०

२८ मंसीर स्वच्छखबर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यस प्रकरणमा भन्सार कार्यालयको टोलीले सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको हो ।

घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उपसचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । टोलीले उनलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिए । मंसिर २१ गते राति फ्लाइ दुबईबाट आएका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।

उनले सुन गोरखाका मीनबहादुर घलेको मीनबहादुर घलेलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । डस्टबिनमार्फत सुन बाहिर ल्याउने काममा संलग्न रहेको देखिएपछि सरसफाइ सुपरभाइजरलाई पक्राउ गरिएको बताइएको छ ।