आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न ‘जाउँ है पोखरा’ अभियान

३० मंसिर २०८०, शनिबार ११:०७

३० मंसीर स्वच्छखबर, गण्डकी । आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटेल संघ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु भएको छ ।

कोभिड–१९ को महामारी, आर्थिकमन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ आगामी पुस ४ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा प्रवर्द्धनात्मक कार्यक्रम गरिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

पोखराका पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित २० सदस्यीय टोली अभियानमा सहभागी छन् । अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान गर्ने विश्वास पोखराका पर्यटन उद्यमीले गरेका अध्यक्ष सुवेदीले बताए ।

अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध पदाधिकारी, पर्यटन व्यवसायीसँग छलफल एवं गरिनेछ । दुई दशकयता बर्सेनि ‘जाउँ है पोखरा’ अभियान आयोजना हुँदै आएको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.