एनएसएलमा ओपोकुको ह्याट्रिकमा विरगञ्जको शानदार जित

५ पुष २०८०

५ पुष, स्वच्छखबर, काठमाडौं । विलियम ओपोकुले ह्याट्रिक पूरा गरेपछि नेपाल सुपर लिग(एनएसएल)मा विरगञ्ज युनाइटेडले जित हात पारेको छ । बिहीबार भएको खेलमा काठमाडौं रेजर्सलाई ४-१ गोलले हराउँदै विरगञ्जले प्लेअफ पुग्ने सम्भावनालाई जीवित राखेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विरगञ्जलाई जित दिलाउन विलियम ओपोकुले ह्याट्रिक पूरा गर्दा सुनिल खड्काले एक गोल गरे । काठमाडौंको लागि जुनियर एककेन्गुएले एक गोल गरे । खेलको २० औं मिनेटमा जुनियरले गोल गर्दै काठमाडौंलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ओपोकुले गोल गर्दै विरगञ्जलाई १-१ गोलको बराबरीमा ल्याए ।

४६ औं मिनेटमा सुनिलले गोल गर्दै विरगञ्जलाई खेलमा २-१ गोलले अगाडि बढाए । ५५ औं मिनेटमा ओपोकुले व्यक्तिगत दोस्रो गोल गर्दै विरगञ्जलाई ३-१ गोलको अग्रता दिलाए । यस्तै ५७ औं मिनेटमा ओपोकुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर विरगञ्जलाई ४-१ गोलको शानदार जित दिलाएका हुन् ।

जितसँगै विरगञ्ज ७ खेलबाट ८ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट ९ अंक जोडेको काठमाडौं छैटौं स्थानमा रहेको छ ।