हत्या आरोपमा सफाइ पाएपछि सांसद कोइरीको निलम्बन फुकुवा

८ पुष २०८०, आईतवार १८:१३

८ पुष, स्वच्छखबर, काठमाडौं ।  महोत्तरी– १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । संसद सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले आइतबार सूचना जारी गरी सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् ।

निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा भाग लिन पाउने भएका छन् । हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिएका थिए ।

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या गरेको उनीमाथि आरोप लागेको थियो ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.